
काठमाडौंं, चैत २४ गते । कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले तेश्रो पटक पुनः ८ दिनको लागि लकडाउनको अवधि थप गरेको छ ।
सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकबाट बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले रैपिड टेस्ट गर्ने घोषणा गरिसकेको छ । उच्चस्तरीय समन्वय समितिले एक साता समय थप गर्न बैठकमा सिफारिस गरेको थियो ।
सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि सात दिनको लागि लकडाउन गरेको थियो । त्यसपछि पनि संक्रमित बिरामीको संख्या थपिदै गएपछि दोश्रो चरणमा पुनः ७ दिन थपेर लकडाउनको समय २५ गतेसम्म पुरयाएको थियो ।
संक्रमितको संख्या थपिदै जाँदा सरकारले शनिवार एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा गरेको थियो भने सोमवार ८ दिनका लागि लकडाउनको अवधि थप गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !