जनकपुरधाम, चैत २३ गते । कोरोनालाई हराउन दीप बालेर सामूहिक संकल्प गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानको प्रभाव नेपालमा पनि देखियो ।
गएको शुक्रवार प्रधानमन्त्री मोदीले ५ अप्रिल राति ९ बजे ९ मिनेटसम्म घरको सबै बती निभाई मात्र दिप बालेर कोरोनालाई हराउन सामूहिक संकल्प गर्न गरेको गरेको आह्वानको पालन जनकपुरधाम पनि गरेको देखियो । बती मात्र निभाइएन कि आधा घण्टासम्म दिपावली झै आतिशबाजी समेत भयो ।
“दिप जलाओ, कोरोना भगाओ” नाराका साथ मोदीले गरेको आह्वानको समर्थन ५ अप्रिलको राति ९ बजे जनकपुरधाममा समेत अधिकांश घरमा बती निभाई दिप बालियो । जनकपुरधाम मात्र होइन तराई मधेश सहित नेपालका अधिकांश जिल्लामा दिप बालेर कोरोना विरुद्धको मोदीको महासंकल्पको समर्थन देखिएको छ । दीप बाल्नेहरुले हामी मोदीको समर्थनमा होइन बरु यसलाई कोरोना विरुद्धको संघर्ष लिएको बताए ।
उनीहरुले दिप उज्यालोको प्रतिकका साथै भगवानलाई स्मरण र कोरोना भाइरसको महामारीबाट दिवगंत भएका ज्ञात अज्ञातहरुप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप समेत दिप बालेर हामी संघर्षका लागि संकल्पित छौ भन्ने उद्देश्यका साथ समेत बालेको बताए ।
मोदीले सम्बोधनमा भनेको थियो ‘अप्रिल ५ को राति ९ बजे घरका सबै बत्ति बन्द गरी ढोका वा बालकुनीमा एक्लै उभिएर ९ मिनेट मोमबत्ति, दियो, डर्च लाइट वा मोबाइलको फ्ल्यास लाइट बाल्नुस्, चारैतिर सबै व्यक्तिले दियो बाल्दा प्रकाशको महाशक्तिलाई महशुस हुनेछ कि हामी कोरोनासँग एकसाथ लडिरहेका छौं, एक्लै छैनौं ।
गरिब भाइबहिनीलाई कोरोना संकटले बनाएको निराशाबाट आशातर्फ र्डोयाउन, कोरोनाको अन्धकार र अनिश्चितलाई पराजित गर्न प्रकाशको तेजलाई चारै दिशामा फैलाउनुपर्ने मोदीले भनेको थियो । यसअघि मोदीले गत २२ मार्चमा जनता कर्फ्यूका दिन घण्टी र थाली बजाएर चिकित्सक, सुरक्षाकर्मीलाई धन्यवाद दिन आह्वान गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !