Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपरवासीको व्यथा : न राहत, न क्वारेन्टाईन – मेयर समाजिक सञ्जालमा व्यस्त


जनकपुरधाम, चैत २३ गते । कोरोना भाइरस महामारीको त्रास दिनदिन बढदै गएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका उच्च जोखिममा रहेको तर मेयर लालकिशोर साह समाजिक सञ्जालमै व्यस्त देखिएको छ ।

कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका जारी लकडाउनले गर्दा नगरका गरीब, दलित, असहाय र दैनिक ज्यालादारी काम गर्ने मजदूर परिवार खाना नपाएर समस्या भोगी रहेका छन । लकडाउनको १२ दिन बितिसक्दा पनि उपमहानगरपालिकाले कुनै चासो लिएको देखिदैन ।

हुनत वडाध्यक्षहरुको पहलमा विभिन्न संघ संस्थाको सहयोगमा केही वडामा खाद्यान्न राहत वितरण गरिदैंछ । तर विपद व्यवस्थापन समितिमा ८३ लाख रुपैया मौज्दात र प्रदेश सरकारबाट २० लाख रुपैया सहयोग गरिएपनि उपमहानगरपालिकाले हालसम्म खानाको आभाव भोगिरहेका गरीब परिवारहरुलाई खाद्यान्न उपलब्ध गराउन सकेको छैन ।

नगरवासी खाना नपाएर भोखै बस्दै आएका छन, कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुलाई नगराईन नगरपालिका स्थित क्वारेन्टाईनमा पठाइदै आएको छ तर जनकपुरधाम उपमहानगरपालिकाका मेयर त्यसको कुनै व्यवस्था नगरी कहिले चिकित्सक सँगको भेटघाट, अस्पताल निरिक्षण र सेनिटाइजर गर्ने फोटो फेसबूकमा पटक पटक भाइरल बनाइदैछ ।

खाद्यान्न वितरण र क्वारेन्टाईन व्यवस्थाको त कुरै छाडौं नगरवासीलाई कोरोना विरुद्ध मास्कसम्म हालसम्म गराउन सकेको छैन, केही ठाउँमा हात धुन टयांकी त राखियो तर हाल ती टयांकीहरुमा न पानी छ न साबुन वा ह्याण्ड वास सामाग्री उपलब्ध छ । तर मेयर साह सचेतनाका लागि फेसबूकमा मार्फत बच्ने उपायहरुको पाठ सिकाउंदै छन ।

मेयर साहले लकडाउन शुरु हुन अगावै क्वारेन्टाइनका लागि मुजेलिया स्थित मणिपालमा गरेको निरिक्षणको फोटो भाइरल बनाइयो । निरिक्षणको दुई साता बितिसक्दा पनि उपमहानगरपालिकाको कुनैपनि ठाउँमा निर्माण गर्न सकिएको छ ।

लकडाउनपछि खाद्यान्न वितरण

दोश्रो चरणको लकडाउन सम्पन्न मात्र दुई दिन रहेको अवस्थामा हिजो शुक्रवार उपमहागनरपालिकाले बैठक गरी खाद्यान्न राहत वितरण र क्वारेन्टाईन निर्माण गर्ने योजना नै बनाएको बताइएको छ ।

राहत वितरया बारे जानकारी दिदैं उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रले भनिन शुक्रवार बोर्डबो बैठकबाट राहत वितरणका लागि वडाहरुलाई तीन दिनभित्र लगत पठाउन निर्णय गरिएको र सो लगतकै आधारमै खाद्यान्न राहत वितरण हुने बताईन ।

लगत आएसम्म त लकडाउनको अवधि समाप्त हुनेछ त्यसपछि राहतको के काम भन्ने जिज्ञासामा उनले ढिलाई भएको स्वीकार गर्दै भनिन् हामी प्रक्रियामा थियौं, यो चरणको लकडाउन समाप्त भएपनि अर्को चरणको लकडाउनमा राहत काम लाग्नेछ ।

क्वारेन्टाईन हालसम्म किन भएन प्रश्नमा उपमेयर मिश्रले भनिन् हामीले पहिला मणिपालको निरिक्षण गरेका थियौ, तर त्यहाँ स्थानीयले विरोध गरे, बसहियामा पनि विरोध गरे, कहाँ राख्ने असमंजसमा थिए तर शुक्रवारको बैठकबाट गोपाल धर्मशालामा चाँडै नै व्यवस्थित र सुरिक्षत क्वारेन्टाईन निर्माण गरिनेछ ।

वडाध्यक्षहरुको गुनासो मेयरले बेवास्ता गरयो

वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले लोकपुकार सँग कुरा गर्दै भन्दै हाम्रो वडामा बढी मुसहर लगायतका दलित र गरीब परिवार रहेको छ, तिनीहरुको दयनीय अवस्था हेरेर विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न वितरण गराए । तर मेयर साहलाई आग्रह गर्दा बेवास्ता गर्दै आएको आरोप लगाए ।

त्यस्तै वडा नम्बर १, २, ३ र ४ लगायतका एक दर्जनभन्दा बढी वडाका अध्यक्षहरुले पनि मेयर साहलाई जनताप्रति कुनै चासो नरहेको आरोप लगाउँदै यस्तो संक्रमणकालिन विकट परिस्थितिमा पनि खाद्यान्न वितरणलाई बेवास्ता गर्दै आएको दुखेसो पोखे ।

यी दुई वडाध्यक्ष जस्तैको पीडा वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले विपद व्यवस्थापन कोषमा ८३ लाख र प्रदेश सरकारले उपलब्ध गराएका २० लाख गरी एक करोड रुपैयाभन्दा बढी रकम उपमहानगरपालिका सँग छ तर कोरोना संक्रमण रोक्न, क्वारेन्टाईन निर्माण र खाद्यान्न वितरणप्रति कुनै चासो नदेखाई समाजिक सञ्जालमा व्यस्त रहेको आरोप लगाए ।

मेयर साह समाजिक सञ्जालमा व्यस्त

समाजिक अभियन्ता सुशिल कर्णले उपमहागरपालिका सँग करोडौ रुपैया भएरपनि नगरवासीलाई भोखै बस्नुपर्ने र बिरामीलाई नगरभन्दा बाहिर क्वारेन्टाईनमा जानुपर्ने बाध्यता रहेको छ । तर मेयर साह समाजिक सञ्जाल फेसबूकमा फोटो राख्न सन्देश दिनमै व्यवस्त रहेको आरोप लगाए ।

त्यस्तै अर्का समाजिक अभियन्ता सरोज मिश्रले पनि मेयर साह विपतको घडीमा पनि नगरवासीको समस्या समाधान गर्नुको सट्टा समाजिक सञ्जालमा फोटो र सन्देश भाइरल बनाई सेलब्रिटी बन्न खोजेको आरोप लगाए । उनले भने उपमहानगरपालिकाले समयमा नगरवासीलाई राहत उपलब्ध नगराएपछि हामी चेम्बर्स अर्फ कमर्सले खाद्यान्न राहत वितरण गरिरहेका छौ ।

जनकपुरधाम ३ का अध्यक्ष दिपेन्द्र साहले पनि मेयर साहलाई समाजिक सञ्जालमा फोटो खिचाउनु, सन्देश दिनु र अनुगमन निरिक्षणबाट फुरस्तै छैन, नगरवासीलाई कसले हेर्ने । आफ्नो वडामा दर्जनौ गरीब असहाय परिवार छन जसलाई खाना खाने समस्या छ तर मेयरलाई आग्रह गर्दा पनि कुनै चासो नलिएको आरोप लगाए ।

जनकपुरधाम उपमहानगरपालिका भित्र हजारौं घर परिवार यस्ता छन जसलाई लकडाउन अवधिमा आर्थिक समस्या भोखै बस्नु परिरहेको छ । कहिलेकाही कुनै संघ संस्थाले राहत दिए त्यसबाट काम चलाउने नभए भोखै बस्छन ।

तर मेयर साहले आफ्ना प्रत्येक गतिविधिको फोटो खिच्न र त्यसलाई समाजिक सञ्जालमा भाइरल गर्न मान्छे नै खटाएका छन । सानो काम गरेपनि त्यसको कयौं एंगलबाट फोटो खिचेर राख्ने गरिएको हालसम्म उनको फेसबूक पेजको वाल र अन्य व्यक्तिको वालमा राखेर भाइरल बनाइदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव