जनकपुरधाम, चैत २१ गते । कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले आवश्यक निति निर्मण गर्न निर्देशक समिति र स्वास्थ्य सल्लाहकार समिति गठन गरेको छ ।
निर्देशक समितिले गठन गरेको स्वास्थ्य सल्लाहकार समिति संगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिएको छ ।

उनले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरु संगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गरेको बताइएको छ ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी स्वास्थ्य सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहेको छ ।
महत्वपूर्ण निर्णय तथा निर्देशन
यसैबीच निर्देशक समितिको शुक्रवार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने र मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

बैठकले महामारी संग लड्न आठ बटै जिल्लामा १/१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताएका छन ।
बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तैयारीमा जुटन समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !