जनकपुरधाम, चैत २० गते । चैत शुक्ल नवमीका दिन प्रत्येक वर्ष धूमधामका साथ मनाइदै आएको भगवान श्रीरामको जन्मोत्सव रामनवमी यस वर्ष कोरोना भाइरस विरुद्ध जारी लकडाउनले गर्दा प्रक्रिया पुरा गरी मात्र मनाइएको छ ।
स्थानीय प्रशासनद्वारा मन्दिरमा भीडभाड नगर्ने निर्देशनको कारणले गर्दा लकडाउन शुरु भएदेखि रामनवमी पनि जनकपुरधाम स्थित राम मन्दिरको दक्षिणपट्टिको ढोका बाहेक मूल ढोका सहित सबै ढोका बन्द रहयो ।
श्रद्धालु भक्तजन नपुगेपछि हर्षोल्लासका साथ मनाइने रामनवमी यस वर्ष बन्द कोठामा सुनसान वातावरणमा न कुनै बधाईया, न भजन किर्तन नै बिना कुनै हर्षोल्लासका साथ पुजापाठ गरी मनाइएको मन्दिरका महन्थ बाबा रामगिरीले बताए ।
भीडभाड गर्न नहुने र साढे तीन फिटको दूरी कायम गर्नुपर्ने भएको हुनाले श्रद्धालु भक्तजनहरुको प्रवेशमा रोक स्थानीय प्रशासनले रोक लगाएको छ । प्रशासनले रोक लगाएको कारण प्रहरीहरु मन्दिर परिसरम प्रवेश गरी श्रद्धालुहरुलाई भगाउने गरेको छ । यस्तो अवस्थामा मन्दिर सुनसान रहेको गरेको छ ।

पछिल्लो पटक कोरोना भाइरस संक्रमणको समाप्त पार्ने उद्देश्यले महामृत्युजय जापको समेत आयोजन गरिएको बारे जानकारी दिदै महन्थ रामगिरीले भने भीडभाड हुन नदिने उद्देश्यले प्रहरीले त्यो पनि रोकाई दियो । भगवानको आन्तरिक पूजापाठमा कुनै रोकटोक नभएपनि श्रद्धालु भक्तजनको आभावमा मन्दिर सुनसान रहने गरेको छ ।
लकडाउनमा प्रशासनले भीडभाड हुने क्षेत्रमा कडाई गरेपनि भगवानसँग आस्था राख्ने श्रद्धालुहरु चोरबाटो हुँदै वा कुनै बेला बेलामा ढोका खुल्दा मन्दिरमा पूजापाठ तथा भगवानको दर्शनका लागि आउने गरेको छ ।
मन्दिरमा दर्जनौको संख्यामा देश विदेश आएका साधु सन्तहरु भगवानको पूजापाठ गर्न बस्ने गरेको थियो । तर लकडाउन शुरु भएपछि मन्दिर पुर्ण रुपमा खाली गराई त्यहाँ महन्थ, पुजारी र अन्य केही कर्मचारीलाई प्रशासनले दिएको इजाजत अनुसार बस्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !