जनकपुरधाम, चैत २० गते । कुमारी बैंक लिमिटेडले प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैया सहयोग गरेको छ ।
बिहीवार मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका विरगंज स्थित प्रदेश कार्यालय संचालन अधिकृत रञ्जितकुमार यादवले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । उक्त चेक हस्तान्तरण कार्यक्रममा जनकपुर शाखाका प्रमुख संजय कर्णको पनि उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १०/१० लाख रुपैयाका दरले सहयोग गर्ने दुई दिनअघि गरेको निर्णय अनुरुप प्रदेश २ लाई पनि उपलब्ध गराएको हो ।
सो सहयोगबाट कोरोना भाइरसको रोकथाम र न्यून आम्दानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग विश्वास बैंकको रहेको विज्ञप्तिमा भनिएको छ ।
प्रदेश सरकारलाई यस अघि कोषमा, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक र माछा पुच्छ«े लगायतका बैंक तथा वितिय संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !