जनकपुरधाम, चैत २० गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा खाना समस्या भएका गरीब र दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एशोसिएनले खाद्यान्न राहत सामाग्री वितरण गरेका छन ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चेन तोडन जारी लकडाउनले गर्दा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुको राहतका लागि सम्बन्धित निकाय मौन देखिएको अवस्थामा जनकपुर अटोमोबाइल डिलर एशोसिएन तिनीहरुका लागि सहयोगी हात बनेर अघि बढेका हुन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको पहलमा जनकपुर अटोमोबाइल्स डिलर एशोसिएसनले १ सय ५० गरीब दलित परिवारलाई चामल, दाल, आलू, प्याज र सोयाबीन सहितका खाद्यान्न सामाग्री वितरण गरेको हो ।
वडा स्थित पतञ्जली योग शिविरमा व्यवस्थित तरिकाले साढे तीन फिटको दूरी कायम गर्दै राहत वितरणका साथै ती दलित परिवारलाई एक÷एक वटा मास्क र साबून समेत वितरण गरिएको छ ।
संचारकर्मीसँग कुरा गर्दै एशोसिएशनका अध्यक्ष प्रमोद साहले भने कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा गरीब दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको दृष्टिगत गर्दै एशोसिएसनका साथीहरुको सहयोगमा यस वडाका डेढ सय परिवारलाई राहत वितरण गरिएको हो ।
साथै उनले यो पहिलो चरण हो, आवश्यकता भए अन्य वडाले पनि हामी सँग समनव्य गरे भने भ्याएसम्मको राहत सहयोग गर्नेछु भने ।

त्यस्तै वडाध्यक्ष साहले यस वडामा अत्यधिक संख्यामा गरीब दलित परिवार रहेको कारण हामी लकडाउन अवधि शुरु भएदेखि नै स्थानीयलाई खाद्यान्न राहतका साथै थोक दररेटमा आलू प्याज लगायतका सामाग्री विक्री वितरण गर्दै आएको भने ।
उनले यस संक्रमणकालिन घडीमा सम्बन्धित निकाय मौन भएपछि अन्य सहयोगी हातहरुलाई समेत गरीब असहाय र दलित परिवारलाई सहयोग गर्न आग्रह गरे । साथै वडाध्यक्ष साहले सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म कुनै सहयोग वा सम्वन्व नगरेको गुनासो समेत गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिकामा हजारौं परिवार लकडाउन अवधिमा भोकै बस्नुपर्ने अवस्था छ, तर उपमहानगरपालिकाबाट तिनीहरुको व्यवस्थापन वा कुनै सहयोग गरेको देखिदैन । प्रदेश सरकार समेत यसप्रति मौन देखिएको छ ।
हुनत प्रदेश सरकारले उपमहानगरपालिकालाई राहत वितरणका लागि २० लाख रुपैया दिने घोषणा गरेको थियो । यस्तो विकट परिस्थितिमा गरीब असहाय दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूर परिवारका लागि उपमहानगरपालिका निरिह देखिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !