काठमाडौं, चैत १९ गते । बजार दरभन्दा ४ देखि ४५ गुणासम्मको दरमा सरकारलाई चीनबाट उत्पादित गुणस्तरहीन कोरोना मेडिकल सामाग्री सरकारलाई बेच्ने ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओम्नी ग्रुप)को गरेको सम्झौता रद्द गरिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेको समयमा सामग्री ल्याउन नसकेको भन्दै सम्झौता रद्ध गरिएको हो । साथै कम्पनीले राखेको ५ करोड रूपैयाँ धरौटी समेत जफत गरिएको उनले जानकारी दिएका हुन ।
उनका अनुसार थप सामग्री ल्याउनका लागि फेरि टेन्डर खुला गरिनेछ । सरकारले ओम्नी समुहसँग चीनबाट मेडिकल सामाग्री आपूर्तिको लागि गरेको सम्झौतामा अनियमिता गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कम्पनीले तोकिएको समयभित्र सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको बताएका थिए ।
श्रेष्ठले चीनबाट सामान ल्याउन सहमति जनाएको कम्पनीले राखेको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने पनि बताए । तत्कालै झिकाउनुपर्ने भएकाले अनुमानित बजार मूल्यभन्दा २० प्रतिशत बढी रकममा ती सामग्री खरिद गर्ने गरी सम्झौता गरिएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका थिए । तर ४५ गुणासम्म बढी दरमा ती सामाग्री किनिएको हो ।
एकै दिनमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने आवश्यकता हेरर उक्त पुर्व तयारी स्वरुप बढी मात्रामा सामाग्री खरिद गरिएको जानकारी दिएकोमा पत्रकारहरुले गुणस्तरहीन सामाग्री रहेको आरोप लागिरहेको जिज्ञासामा उनले ती कीटहरूको गुणस्तरबारे परीक्षण गरेपछि मात्रै रकम भुक्तानी गरिने बताए ।
एउटै सामानको दुइथरी मूल्य, नेपाल सरकारले ८४० मा किनेको एन ९५ मास्क चीनले २५६ मै पठाएको छ । बजारमा यस्ता किटको चरम अभाव भएको भन्दै ओम्नी ग्रुपका व्यापारी विशाल पण्डितसँग मिलेर स्वास्थ्यका उच्च अधिकारीले देशभित्र नक्कली सामान भित्याएको आरोप समेत लाग्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !