जनकपुरधाम, चैत १९ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि कुमारी बैंक लिमिटेडले देशका प्रदेशहरुलाई ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले एक विज्ञप्ति जारी गरी प्रत्येक प्रदेशलाई १० लाख रुपैयाँ दरले बैंकले कुल ७० लाखको सहयोग गर्ने जनाएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा उक्त रकम बैंकले दिने भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो ।
सो सहयोगबाट कोरोना भाइरसको रोकथाम र न्यून आम्दानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग विश्वास बैंकको रहेको विज्ञप्तिमा भनिएको छ ।
मंगलबार बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गरी शुभारम्भ समेत गरिसकेका छन । प्रदेश २ मा एक/दुई दिन भित्रै सो रकम हस्तान्तरण गरिने बैंकका जनकपुरधाम स्थित शाखाका प्रमुख संजय कर्णले जानकारी दिएका छन ।
बैंकले लकडाउन जस्तो विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाई देशव्यापी रुपमा एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू संचालनमा राखेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !