जनकपुरधाम, रसायन तथा मेडिकल आपुर्ति संघ नेपालले स्वास्थ्य मन्त्रालयले चीनबाट खरीद गरेको कोरोना रोकथाम तथा नियन्त्रण सामाग्रीको गुणस्तरीयतामा आशंका जताएका छन ।
संघले आइतवार एक प्रेस विज्ञप्ति जारी आफूहरुसँग सम्बन्धित निकायले समनव्य गरिरहेको अवस्थामा त्यसलाई बेवास्ता गरी बजारभन्दा बढी मूल्यमा अधिकारिक श्रोत समेत नखुलेको र गुणस्तरको बेवास्ता गरी खरीद गरिएको सामाग्र्रीको नतिजा के हुने हो आरोप सहित आशंका व्यक्त गरेका छन ।
सो विज्ञप्तिमा पीसीआर किटस बनाउने आधा दर्जनभन्दा बढी कम्पनीले यूएसएफडीए प्रमाणिकता पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरीद गरिएको तथा रैपीड किटहरु पनि स्पेन जस्तो समस्या भोग्न नपरोस भनी आशंका व्यक्त गर्दै सजग गराएको छ ।
संघले माघ २५ गते नै स्वास्थ्य सेवा विभागबाट माग भए बमोजिम संघसँग आबद्ध तथा अन्य सहित १९ वटा व्यवसायीहरुबाट आवश्यक सामाग्रीको सिल्ड कोटेशन सबमिशन भइसकेको थियो । त्यसको प्रक्रिया अघि बढाउन व्यवस्थापन महाशाखा स्वास्थ्य सेवा विभाग सँग संघको रोहबरमा व्यवसायीहरुबीच पटक पटक छलफल पश्चात खरीद आदेश प्रदान गर्ने निर्णय पनि भएको थियो ।
निर्णय भई व्यवसायीहरुले पेश गरेको कोटेशनमा छलफल पश्चात सम्झौताका लागि बोलाउने आवश्वशन दिइयो तर ती आश्वासनलाई बेवास्ता गरी बिचमै चीनको नाम नखुलाई अरु ठाउँबाट सामाग्रीहरु खरिद गरियो भनी आपति जनाएका छन ।
चिनबाट उत्पादित कोभिड–१९ परीक्षण किट सहितका सामाग्रीमा गुणस्तरमा समस्या देखेपछि स्पेनले गत हप्ता प्रतिबन्ध लगाएको थियो । चीनियाँ परीक्षण किटले ७० प्रतिशत बिरामीमा रहेको संक्रमण पत्ता लगाउन नसकेकोले चीनिया किटमाथि निर्भर हुने अवस्था नरहेको स्पेनले भनिसकेका छन ।
त्यस्तै चेक रिपब्लिकमा पनि चीनियाँ किटहरुमा नतिजा गलत देखाएको र नेदरल्याण्डले चिनियाँ मास्कको गुणस्तरहीन रहेको भनी आ अस्पतालबाट फिर्ता लिएका छन । हावामा रहने ठोस तथा धुलोको कणहरु फिल्टर गर्न नसक्ने रहेको पाइएपछि उक्त मास्कहरुहरुले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने निक्र्यौल गर्दै नेदरल्याण्ड्सले सो मास्कको वितरण नगर्न अस्पतालहरुबाट फिर्ता लिएको थियो ।
नेपालमा पनि स्थलमार्गबाट पठाउन लागिएको २००० कोभिड–१९ परीक्षण किटहरु शनिबार नै गुणस्तरहीन रहेको भन्दै तिब्बती सरकारले ल्हासामै रोकेको थियो । त्यसैबीचमा आईतबार बिहान नेपाल आईपुगेको चीनले अनुदानमा दिएको र खरीद गरेको कोभिड–१९ सम्बन्धि मेडिकल सामाग्रीहरु नेपाल आइपुगेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !