जनकपुरधाम, चैत १८ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी लकडाउनको पालना धनुषामा कानून कार्यान्वयन गराउने निकायद्वारा नै गरिएको छैन ।
लकडाउन अवधिमा सवारी पासको नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय निकै भीड रहेको देखियो । लकडाउन अवधि र कोरोना भाइरसको चेन तोडन कम्तिमा एक मीटरको दूरी सोसल डिस्टेन्स कायम व्यक्ति व्यक्तिबीच कायम गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालय अगाडि सो देखिएन ।
कार्यालयको सुरक्षा त्यहाँ कयौं सुरक्षाकर्मी उपस्थित भएपनि पास नवीकरणका लागि लागेको भीडलाई सोसल डिस्टेन्स गराउन सकेन । ती सुरक्षाकर्मीहरु नवीकरण गराउने व्यक्तिलाई कार्यालय भित्र त छिर्न दिएन तर तिनीहरु दर्जनौको संख्यामा भीडभाड गरी उभेका थिए ।
कानून कार्यान्यन गर्ने निकायको कार्यालय अगाडि नै यस्तो लापरवाही हुन्छ भने जिल्लाको अन्य ठाउँको अवस्था कस्तो होला आफैमा प्रश्न बनेको छ ।
जबकि ती स्थानीय प्रशासनले लकडाउन सफल पार्न नगरभित्र कडाई गरेका छन, साँझ पख विभिन्न चौकमा लाग्ने हाटबजार र आफ्नै कार्यालय अगाडि सोसल डिस्टेन्स कायम गराउन नसक्नु सम्बन्धित कार्यालयको गम्भीर लापरवाही हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !