जनकपुरधाम, चैत १७ गते । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनले गरीब, असहाय र दैनिक ज्यालादारी मजदूरलाई निकै समस्या भोग्नु परिरहेको छ ।
तिनीहरुको समस्या र पीडमार्कामा सहयोगी हातहरु पनि अघि बढदै छन । यसै मध्येका एक हुन धनुषा चेम्बर्स अफ कमर्स, जसले लकडाउन अवधिमा खाना खानबाट कोही वंचित नहोस उद्देश्यका साथ घर घरमा गई खाद्यान्न राहत सामाग्री वितरणमा गरिरहेका छन ।
कोरोना भाइरस बिरुद्ध सरकारद्वारा जारी लकडाउनमा मार्कामा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, गरीब र असहाय सहितका ९६ घर परिवारलाई धनुषा चेम्बर एवं प्रदेश चेम्बर को संयुक्त सहकार्यमा जनकपुरधाममा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
चेम्बर्स चामल ५ किलो, दाल १ किलो, आलू २ किलो, सोयाबीन, नून लगायतका खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कोरोना विरुद्धको लडाईमा कोही भोकै नबसुन उद्देश्यका साथ लकडाउन अवधिसम्म आवश्यकता भएका व्यक्तिहरुलाई घर घरमै गई खाद्यान्न सामाग्री वितरण गर्ने चेम्बर्सले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !