जनकपुरधाम, चैत १७ गते । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी लकडाउनलाई सफल पार्न उत्थान नामक संस्था वृद्धवृद्धा, असहाय र प्रहरीलाई खाद्यान्न तथा औषधि लगायतका सामाग्री वितरण गरेका छन ।
चीनको वुहानबाट आएका उत्थान सँग आबद्ध अशोक साह, भूषण साह, मुकेश दत्त र डा. संजय पासवान सहितका व्यक्तिहरुले गत तीन दिनदेखि लकडाउन सफल पार्न डियूटीमा खटिएका प्रहरी प्रहरीलाई पानी विस्कुट र वृद्धाश्रम, असहाय व्यक्तिहरुलाई खाद्यान्न तथा औषधि लगायतका सामाग्री वितरण गरिरहेका छन ।
वुहानमा हामी हुँदा भएको पीडा र लकडाउनले भोग्नु परेको समस्यालाई हेर्दै कोरोना भाइरस नियन्त्रणका लाग लकडाउनलाई सफल पार्न हामी पनि मद्दत गरौ सोचेर आफ्नै खर्चमा चामल, आलु, तेल, साबून, मास्क, औषधि, पानी र विस्कुट गरिरहेको अशोक साहले जानकारी दिए ।
उनले भने हामीहरु यो सहयोग लकडाउन जारी अवधिसम्म गर्नेछौं । खाद्यान्न सामाग्री वितरण मात्रै होइन चिकित्सक लिएर चेकजाँच समेत गर्दै जानेछौ र शंकास्पद देखिएकालाई क्वारेन्टाईन उपचारका लागि सम्बन्धित क्वारेन्टाईनमा पठाउने समेत उनले भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !