जनकपुरधाम, चैत १६ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लाग धनुषा चेम्बर अफ कमर्सले धनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मास्क वित्तरण गरेको छ ।
कमर्सका उपाध्यक्ष तथा मस्क व्यवस्थापन समितिका संयोजक सलामत राईनको नेतृत्वमा धनुषाका नेपाल प्रहरीलाई १ हजार र सशस्त्र प्रहरीलाई १ हजार ५ सय गरि २ हजार ५ सय मास्क वित्तरण गरिएको जनाइएको छ ।
आईतवार कमर्सका अध्यक्ष विजय साह, कमर्सका प्रदेश २ का अध्यक्ष पवन ठाकुरसहितको उपस्थितिमा मास्क वित्तरण गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !