
जनकपुरधाम, चैत १६ गते । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मात्र २ दिन बाँकी रहेको अवस्थामा प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुलाई लक डाउन अवधीभर खाना खुवाउने निर्णय गरेको छ ।
मन्त्री परिषदको आइतवार बसेको बैठकबाट लकडाउनका कारण गरीब र दैनि ज्यालादारी गर्ने मजदूरलाई निकै समस्या भएको दृष्टिगत गर्दै तिनीहरुको भोखमरीबाट बचाउन खाना खुवाउने व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको हो ।

तर कहिलेदेखि संचालन गर्ने हो बारे केही भनिएको छैन । जबकि लकडाउनको अवधि १८ गते विहान ६ बजेसम्मको मात्र छ । दुई दिनभन्दा पनि कम लकडाउन अवधि रहेको अवस्था सरकारको यस्तो निर्णय आएको हो । यो निर्णय सम्भावित थपिने लकडाउनका लागि हो कि जारी लकडाउनको लागि आम जनता असमंजसमा परेका छन ।
खाना व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको कुरा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन ।
प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि समेत तयार पारिएको बुझिएको छ ।
यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने निर्णय पनि गरिएको मन्त्री यादवले जनाएको छ ।
सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो ।
सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !