Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा कोरोना उपचार सामाग्री आभावले तयारी सुस्त


जनकपुरधाम, चैत १५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको तयारी उच्च जोखिममा रहेका प्रदेश २ मा उपचार सामाग्रीको आभावमा सुस्त गतिमा देखिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरणहरु उपलब्ध गराउन नसकेपछि प्रादेशिक अस्पतालमा कोरोना शंकास्पद बिरामीको स्वास्थ्य जाँच हुन सकेको छैन । शंकास्पद बिरामीहरु अस्पतालसम्म पुग्दा उनीहरुलाई कुनै जाँचै नगरी रेफर गर्ने गरिएको छ ।

प्रदेशस्तरमा आइसोलेशन र क्वारेन्टाईनको व्यवस्था गरिएपनि उपचार चेकजाँच सामाग्री आभावमा शंकास्पदको चेकजाँचमा समस्या देखिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउन, थर्मल गन, पिपिई लगायतका सामग्रीहरु स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुन गराउन नसकेको कारण अन्य उपचार समेत प्रभावित भएको देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले हालसम्म कोरोना संक्रमित बिरामी फेला नपरेपनि उपचारका लागि विरगंजस्थित नेशनल मेडिकल कलेजमा ५०, प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पतालमा ५ बेड सहितको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिएका छन ।

यसअघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेजमा ६० र सिटी अस्पतालमा २० बेडको आइसोलेशन वार्ड तयार रहेको भनेको थियो तर विभिन्न कारण देखाई यता आएर आइसोलेशन वार्ड तयार गर्न नसकेको गुनासो झाले गरे ।

प्रदेशमा ७५ क्वारेन्टाइन तयार

शनिवारसम्म प्रदेश सरकारले धनुषा, सिरहा, सप्तरी र पर्सा लगायतका जिल्लाहरुमा अहिलेसम्म १२९२ बेड सहितको ७५ वटा क्वारेन्टाइन तयारी अबस्थामा राखेको झाले दाबी गरेका छन ।

उनका अनुसार धनुषाको नगराईन नगरपालिकास्थित मिथिला आयुर्वेद कलेजमा सय बेड, वीरगन्जस्थित डेन्टल केडियामा ५० र सप्तरीस्थित साई कृष्ण अस्पतालमा ५० बेडको क्वारेन्टाइन तयारी अबस्थामा रहेको छ भने जिल्लाहरु समेत थप क्वारेन्टाईन रहेको जानकारी दिए ।

वीरगञ्जस्थित १ हजार ५० बेडको नेशनल मेडिकल कलेजले आफ्नो सबै कोठाहरु क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराएको अधिकृत झाले बताए ।

हुनत प्रदेशमा यतिको संख्यामा क्वारेन्टाईन तयार रहेको दाबी गरिदै आएको छ तर ती सबै सुविधाविहिन रहेको गुनासो आइरहेको छ । ती क्वारेन्टाईनहरुले सरकारले निर्धारण गरेको मापदण्ड पुरा समेत नगरेको बुझिएको छ ।

२ सय २२ जना क्वारेन्टाइनमा

झाले दिएको जानकारी अनुसार प्रदेश २ मा कोरोनाको आंशकामा शनिवारसम्म २ सय २२ जनालाई विभिन्न क्वारेन्टाइनमा र ४२ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ ।

उनका अनुसार सप्तरीमा १ सय २२, सिरहामा १५, धनुषामा ११, सर्लाही र बारामा २/२, रौतहटमा ६५ र पर्सामा १५ जना सहित शंकास्पद व्यक्ति विभिन्न क्वारेन्टाईनमा रहेको छ जस मध्ये कतेको व्यक्ति उपचार गराएर निको भई फर्किपनि सकेको छ । कतार, मलेसिया र भारतका विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले जानकारी दिए ।

३ जनाको रिजल्ट नेगेटिभ

प्रदेश २ मा कोरोनाका ३ जना शंकास्पद विरामीको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएकोमा सबैको रिजल्ट नेगेटिभ आएको जानकारी समेत स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजयकुमार झाले दिएका छन् ।

अस्पतालहरुलाई पिपिई उपलब्ध

कोरोना संक्रमितको चेकजाँच उपचारका लागि पिपिईको आभाव रहेको बेला अब उपलब्ध गराउन लागिएको छ । चौधरी ग्रुपद्वारा प्रदेश २ सरकारलाई सहयोग गरिएको ६० वटा पिपिई विभिन्न जिल्ला अस्पताललाई उपलब्ध गराइएको छ ।

झाका अनुसार कोरोना संक्रमित वा संकास्पदलाई चेकजाँच र उपचारका लागि महत्वपूर्ण अर्थात सुरक्षा कवचको रुपमा रहेको पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) जिल्ला अस्पताल सिरहा, महोत्तरी, सर्लाहीलाई ५/५, प्रादेशिक अस्पताल जनकपुर र सगरमाथा अस्पताल सप्तरीलाई १०/१० वटाको दरले उपलब्ध गराइएको भने बाँकी उपचारका लागि स्टोक राखिएको छ ।

पिसिआर मेशिन ल्याउने तयारी

कोरोनाको पोजेटिभ नेगेटिभ केश छुट्याउने रियलटाईम पिसिआर मेशिन जनकपुरमै ल्याउने तयारी भईरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले जानकारी दिए । उनले कोरोना संक्रमितहरुको रिजल्ट पत्ता लगाउन कठिनाई भईरहेको अबस्थामा प्रदेश सरकारसँग समन्वय गरि सो मेशिन जनकपुरमै ल्याउन आफुहरुले तयारी गरिरहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव