
जनकपुरधाम, लकडाउनको तेश्रो दिन जनकपुरधामबाट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
विश्वभरि महामारीको रुप लिएका कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउनको प्रदेश २ का आठवटै जिल्लाबाट बिहीबार १६ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
साना तथा ठुला गरी २ सयभन्दा बढी सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ । यसअघि लकठाउनको दोश्रो दिन प्रहरीले प्रदेश २ को आठवटै जिल्लाबाट ४ सय २४ सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्तिहरुलाई बिहीबार पनि साँझ सम्झाई बुझाइ सचेत गराउंदै छाडेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !