Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा आइसोलेशन वार्ड भनिएको अस्पतालबाट बिरामी फर्काइदै


जनकपुरधाम, विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका प्रदेश २ मा संक्रमितको उपचारका लागि आइसोलेशनको व्यवस्था रहेको प्रदेश सरकारको कुरा हावादारी गफ मात्र रहेको देखिएको छ ।

प्रदेश २ सरकार र स्वास्थ्य निर्देशनालयले विरगंजस्थित नेशनल मेडिकल कलेजमा ५०, जनकपुरधामको रमदैया स्थित जानकी मेडिकल कलेजमा ६० र त्यसको सिटी होस्पीटलमा २०, राजविराजमा १० र प्रादेशिक अस्पतालमा ५ गरी कुल १ सय ८५ वटा वार्डको आइसोलेशन व्यवस्था गरिएको दाबी गर्दै आएको छ ।

तर शंकास्पद वा संक्रमित पुग्दा यहाँ कोरोना भाइरस संक्रमितको उपचार नभइरहेको भनी अस्पतालले फर्काउने गरेको पाइएको छ । करिब एक साता अघि दुबईबाट फर्केका सिरहाको औरही गाउँपालिकाका ४० वर्षीय एक व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा उपचार गराउन रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पताल ल्याइयो ।

त्यहाँ पुग्दा ती बिरामीलाई अस्पतालले उपचारको व्यवस्था नरहेको भन्दै त्यहाँको प्रशासनले एम्बुलेन्सबाट चेकजाँच त के ओर्लिन पनि दिइएन । केहीबेर पछि उनलाई अस्पताल प्रशासनले प्रादेशिक अस्पताल जनकपुर पठाए । त्यहाँपनि कोरोना भाइरस संक्रमणको आशंका रहेको सुन्ने बितिकै चिकित्सकले एम्बुलेन्सबाट ओर्लिन दिएनन् ।

अस्पतालको इमरेजन्सी वार्डका इन्चार्ज रामगोपाल साहले यहाँ कोरोना उपचारको लागि औषधि उपचार र उपकरणसहितको व्यवस्था नभएकाले काठमाडौंस्थित टेकु अस्पताल रेफर गरेको बताए ।

त्यस्तै बुधबार साँझ कोरोनाको संक्रमित भन्दै एम्बुलेन्समा राखेर अर्का एक बिरामीलाई जनकपुरको ब्रहम्पुरी स्थित जानकी मेडिकल शिक्षण अस्पतालको सीटी हस्पिटल आएको थियो ।

सिकिस्त रहेका ती बिरामीलाई प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार गर्छ भनी ल्याइएको थियो । कोेरोना संक्रमित भनिएका ती बिरामीलाई काठमाडौंबाट ल्याइएको एम्बुलेन्स चालकले जनाएको हस्पिटलका इमरजेन्सी कक्षका एक चिकित्सकले बताए । तर त्यहाँपनि उनको उपचार नभएपछि कहाँ गयो अतोपतो छैन ।

प्रदेश सरकारले सिटी हस्पिटलमा कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन वार्ड व्यवस्थापन गरेको भनेर भ्रम मात्र रहेको माथिल्लो कुराले प्रष्ट हुन्छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई सिटी हस्पिटलमा २० बेडको आइसोलेशन वार्ड तयार गरिएको र उपचारको लगि व्यवस्थापन पनि त्यहि गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको दावी गरे ।

तर एम्बुलेन्सबाट बिरामीलाई न त जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा भर्ना लिइएको छ नत त्यसको शाखा हस्पिटलको रुपमा रहेको जनकपुर स्थित सिटी हस्पिटलमा । त्यहाँ कोरोनाको आशंकामा आएका बिरामीलाई एम्बुलेन्सबाट ओर्लनसमेत नदिइएको पीडितहरुको गुनासो छ ।

प्रादेशिक अस्पताल जनकपुरमा पनि कोरोनाको शंकास्पद बिरामीलाई राख्ने र उपचारको कुनै व्यवस्थापन नभएको अस्पताल प्रमुख डा. नागेन्द्र यादवको भनाई छ ।

उनले भने यहाँ पाँचवटा आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई उपचार गर्न सरकारले पाँचवटा पीपीई ड्रेस र दुईवटा थर्मल गन उपलब्ध गराएको छ तर ती केही शंकास्पद बिरामी आएपछि चेकजाँच र उपचारको क्रममा पाँचवटै पीपीई प्रयोग भइसकेकोले उपचार कसरी गर्ने ।

कोरोना संक्रमणको शंकास्पद बिरामीको कुनै तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारसंग छैन । आएका शंकास्पद बिरामीलाई उचित ठाउँमा व्यवस्थापन गरेर उपचार गर्नु अथवा कुनै ठाउँमा पठाउँदा तिनीहरुको कुनै सम्पर्क र जानकरी राखिएको देखिदैन ।

झाका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० बेडको, नारायणी उपक्षेत्रीय अस्पताल र सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १० बेडको आइसोलेसन तयार रहेको छ ।

सप्तरीको रायपुरस्थित यूनिक अस्पतालमा १० बेडको, सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा ५ बेडको आइसोलेसन तयार भएको छ । बारा अस्पतालमा पनि १५ बेडको आइसोलेसन बेड तयार भएको झाको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव