काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या नेपालमा तीन पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले एक व्यक्तिको कोरोनाको पोजेटिभ रिपोर्ट आएको बताए । ती बिरामीको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार जारी रहेको छ ।
नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !