
जनकपुरधाम, विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव प्रदेश २ मा पनि देखिएको छ ।
प्रदेश २ का विभिन्न जिल्ला गरी ३५ वटा शंकास्पद व्यक्ति भेटिएका छन । तिनीहरुलाई बर्दिबास स्थित सशस्त्र प्रहरीको क्वारेन्टाईनमा राखि चेकजाँच भइरहेको छ ।
प्रदेशमा केही शंकास्पद व्यक्ति भेटिएपनि तिनीहरुमा पोजेटिभ हालसम्म नपाइएको जानकारी दिदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने ।
उनका अनुसार ३५ जना शंकास्पद भेटिएपछि तिनीहरुलाई क्वारेन्टाइन राखेर चेकजाँच गरिसकिएको छ । ती मध्ये २६ जनाको चेकजाँच पछि घर फिर्ता पठाइ सकिएको छ र बाँकी ९ जनाको ल्याब टेस्टका लागि काठमाडौ पठाइएको छ ।
त्यहाँबाट रिपोर्ट आएपछि निगेटिभ भेटिएपछि घर फर्काइनेछ । पोजेटिभ भएमा प्रदेशले व्यवस्था गरेको आइसोलेश वार्डमा राखि उपचार गरिनेछ ।
यसअघि सप्तरीमा जिल्लामा ३ जना शंकास्पद मध्ये २ जनालाई स्थानीय क्वारेन्टाईनमा राखिएको छ भने एकजनालाई धरान स्थित अस्पतालमा चेकजाँचका लागि पठाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !