जनकपुरधाम, कोरोना संक्रमण थप फैलिन नदिन छिमेक राष्ट्र भारतले २१ दिने लकडाउनको घोषणा गरेको ।
मंगलवार राति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले देशबासीको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गरिने उनले घोषणा गरेका हुन ।
तिव्रगतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न उनले कुनै पनि हालतमा घरबाट ननिस्किन देशबासीलाई अपिल गरे । ‘२१ दिन नसम्हलिए २१ वर्ष देशपछि पर्नेछ’ उनले भने ‘यसको लागि हामी २१ दिन घरमै बसौं हात जोडेरै जनताहरुसँग अपिल गरे ।
उनले भने यो लकडाउन जीवनरक्षाका लागि बाध्यात्मक परिस्थिति हो । यो हामी तपाईकै जीवन बचाउन सरकारले यस्तो कडा कदम चालेको हो । यसको उल्लंघन गरेमा कानून बमोजिम कारवाही हुने सचेत समेत गराए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !