जनकपुरधाम, प्रदेश २ सरकारले विश्व भरिनै कोरोना भाइरस महामारी फैलिएको दृष्टिगत गर्दै जोखिम न्यूनीकरण र सर्तकताका लागि सेल्फ क्वारेन्टाइृनमा बस्न अपिल गरेका छन ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा सोमवार जारी विज्ञप्तिमा विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएकोले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने एक मात्र उपाय रहेकोले सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न प्रदेशवासीलाई अपिल गरिएको छ ।
विज्ञप्तिमा कोरोना रोकथामका लागी प्रदेश सरकारले यस अघि नै सबै जिल्लालाई ५०/५० लाख रुपैया उपलब्ध गराइ सकेको भएपनि त्यो मात्र पर्याप्त नरहेकोले सबैले आ आफ्नो स्तरबाट जोखिम न्यूनीकरणका लागि सहयोग गरिदिन भनिएको छ ।
प्रदेशवासीहरुलाई आ–आफनै घर बाट एक अर्का लाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत विज्ञपित मार्फत गरिएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !