जनकपुरधाम, विश्वभरि महामरीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम गएको दृष्टिगत गरी माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले जनकपुरधामबाट संचालन हुने सम्पूर्ण यातायात सेवा बन्द गरेको छ ।
माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्न गरेको निर्णय अनुरुप मंगलावर चैत ११ गतेदेखि जनकपुरधामबाट संचालन हुने सम्पूर्ण यातायात सेवा संचालनमा रोक लगाएको जनाएको छ ।
प्रा.लि.ले रोक खोलिएपछि पुनः यातायात व्यवसायीहरुले आ आफ्नो रुट अनुसार यातायात संचालन गर्न गराउन अनुरोध गरेको छ ।
कोरोना जोखिमबाट न्यूनीकरणका लागि एक जिल्लाबाट अर्को जिल्लामा यातायात संचालन नगर्न गराउन नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यसप्रति ऐक्यबद्धता जनाउंदै जनकपुरधामबाट संचालन हुने सम्पूर्ण यातायात सेवा बन्द गरिएको प्रा.लि.का अध्यक्ष मनोजकुमार चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !