जनकपुरधाम, जनकपुर उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्यान्न, औषधी, सरसपफाई सामाग्री, मास्क र सेन्टिलाइजरको कृतिम आभाव श्रृजना र कालोबजारी नगर्न आग्रह गरेको छ ।
संघको आइतवार पदाधिकारीहरुको बसेको बैठकबाट यस्तो आग्रह गरिएको हो । बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको कारण नेपाल सरकार र स्थानीय सरकारले निषेधित गरेको क्रियाकलापहरु भिडभाडयुक्त समारोह सभा र हाट बजार नगर्ने गराउन आग्रह गरिएको छ ।
संघले अत्यावश्यक अवस्था बाहेक घरभन्दा बाहिर र कार्यालय नजान सम्पूर्ण उद्योगी व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसका साथै व्यवसायीहरुलाई आ आफ्नो पसलमा साबुन पानी र सेन्टीलाइजरको व्यवस्था गरी ग्राहकहरुलाई हाथ धोएर मात्रै पसलमा आउन अनुरोध गर्ने सहितका विभिन्न अनुरोध व्यवसायीहरुलाई गरेको छ ।
संघले अत्यावश्यक सामाग्रीको अनुचित भण्डारण नगर्ने गरी खरीद गर्न सर्वसाधारणलाई आग्रह गर्दै महामारीले लिएको व्यापक रुपले गर्दा कुनैपनि बेला अत्यावश्यक वस्तु बाहेक बजार बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भनी त्यसका लागि तयार रहन व्यवसायीहरुसंग अनुरोध गरेको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !