जनकपुरधाम, आगामी चैत २१ गतेसम्मका लागि कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन धनुषा र महोत्तरीका प्रशासनिक कार्य तथा सेवाहरु बन्द गरिएको छ ।
नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गते आइतवारदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सुचना टाँसगरी जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु नेपाल सरकारको निर्णय अनुसार तत्कालका लागि बन्द गरिएको सरोकारवालले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
त्यसैगरी,महोत्तरीको जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउपुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरि कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका यस कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !