एजेन्सी/पटना, कोरोना भाइरसबाट भारतको बिहार राज्यमा एक व्यक्तिको मृत्यु भएको छ भने दुई व्यक्तिमा पोजेटिभ भेटिएको छ ।
भारतीय पत्रिका दैनिक जागरण अनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा तीन जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ ।
त्यसमध्ये संक्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ । स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मृत्यु भएका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए । तर उनको कोरोना पोजेटिभ भएको मृत्यु हुन गएको हो ।
बिहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन । त्यसैले विहारसँग नेपाल जोडिएको र खुल्ला सिमानाका कारण जोखिम बढेको छ । उता बंगलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !