जनकपुरधाम, विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोनाभाइरस संक्रमणबाट बच्न स्थानिय युवा आनन्द झाले जनकपुरधाम उपमहानगरपालिकामा मेडिकल मास्क वितरण गरेका छन् ।
आइतवार जनकपुरधाम भारतसंगको सीमाबाट केही भित्र मात्रै रहेको कोभिड १९को संक्रमणबाट बचाउने उद्देश्यले झाले जनकपुरका विभिन्न संघसंस्था र स्थानीय सहितलाई ५ सय मेडिकल मास्क निशुल्क वितरण गरेका हुन ।
जनकपुरधाम उपमहानगरपालिका ८ निवासी झाले जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बालआश्रम, जनकपुरका पत्रकार,जिल्ला प्रहरीको हिरासत कक्षमा रहेका कैदि र ई रिक्सा चालकहरुलाई समेत गरि कोभिड–१९ को संक्रमणबाट बच्न पाँच सय जनालाई उनले मास्क वितरण गरेका हुन् ।
सर्वसाधारणमा कोरोना संक्रमणको त्रास बढिरहेको बेला सबैको स्वास्थ्यलाई ख्याल राख्दै मास्क बाँडिएको युवा झाले बताए । उनले बाहिर नगई नहुने पेशाका व्यक्तिहरुलाई खास गरी लक्षित गरेर मास्क वितरण गरेको बताए ।
झाले भने‘‘यस्तो अवस्थामा प्रदेश र स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने थियो तर याँहाका प्रदेश र स्थानिय सरकारले खासै चाँसो नलिएकोबेला आफुले व्यक्तिगत लागतमा मास्क वितरण गरेका छौ ।’’
मास्क वितरण कार्यक्रममा उनकै परिवारका आभास झा, शुशान्त झा, अमित झा लगायतले सहयोग गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !