Sunday, April 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

घुस प्रकरणले राजपामा मच्यो तहलका : नेतृत्व तह प्रश्नैप्रश्नको घेरामा


जनकपुरधाम, राष्ट्रिय सभा सदस्यका लागि शेखर सिंहले पार्टीलाई अढाई करोड रुपैया घुस दिएको बिहीवार विभिन्न संचार माध्यममा सार्वजनिक भएको अडियोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र हल्लीखल्ली मचाएको छ ।

घुस प्रकरणमा राजपाका शिर्ष नेता महन्थ ठाकुर अचम्भित र मौन छन भने महेन्द्र राय यादव संसदीय दलमा साथीहरुसंग यो गम्भीर प्रकरण हो र यसको छानबीन गरिनु आवश्यक छ भनिरहेको भन्न थालेका छन ।

पार्टीका सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लालले छानबीनको मांग गरेको कुरा विभिन्न संचार माध्यम र उनको फेसबूक वालमा देखिएको छ । श्रोतका अनुसार अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव आफ्नो बचाउ गर्न ज्यादै छटपट र सम्बन्धितहरूसंग कुराकानीमा व्यस्त रहेको छ ।

समाचार प्रकाशमा आए लगतै संयोजक शरत सिंह र उनका समर्थकहरू बेचैन भएको सामाजिक संजालमा भाइरल भइरहेको छ । कसैले मानहानिको मुद्दा गर्ने भन्छन् भने कोही मिडिया विरुद्ध साइबर क्राइममा जाने भनिरहेका छन् । उता संयोजक सिंह भने पार्टीको अध्यक्ष मण्डलको बैठक गरेर घटनाको भत्र्सना प्रस्ताव मार्फत समेट्ने प्रयत्नमा जुटेका छन ।

घुस प्रकरण बाहिरिएको टेप काण्डले राजपालाई दुई समूहमा विभाजन मात्रै गरेको छैन कि यी नेताहरुले मधेश आन्दोलनलाई समेत बेइज्जत गरेको आम मधेशी जनताको भनाई छ ।

नाम नखुलाउने शर्तमा राजपाका एक शिर्ष नेताले भने घुस प्रकारणमा सबभन्दा दोषी अध्यक्ष मण्डल नै हुन । यिनमा कुनै जिम्मेवारी र नैतिकता छैन उनीहरुको रवैयाले कार्यकर्तालाई लज्जित तुल्याएको छ । उनले भने केही हुँदैन । पैसा लिएका थिए, चार जनाले बांडेर खाए । पार्टीमा केही दिन यस्तै उस्तै हल्लाखल्ला हुन्छ । तैं चुप मैं चुप हुन्छ । पछि घटना सेलाउँछ ।

घुस प्रकारणले उब्जाएको प्रश्न :

१. यो टेप कसले बाहिर ल्यायो ? किन ल्यायो ? तत्काल उठ्ने प्रश्न यही हो । खासमा तीन जना बीच कुराकानी भएको छ । फोनमा मूलतः कुराकानी गर्ने ज्योति झा र सुरजीत भन्ने गुड्डू सिंह हुन् ।

सबभन्दा पहिले ती दुई मध्ये एकले नै अडियो रेकर्ड गरेको र बाहिर ल्याएको हुनु पर्छ । यस अडियोका प्रमुख पात्र पूर्व रक्षा सचिव र सप्तरीमा सीडियो रही सकेका तिलकराज शर्मा हुन् । ज्योति र गुड्डूबाट सामाजिक संजालमा माफी मंगाउनुले समस्याको समाधान हुँदैन । टेपको विश्वसनीयता शेखर सिंह र शरद सिंहसंग तिलकराज शर्माको निकटताले दिन्छ ।

२. अडियोमा पछि अलि अप्ठ्यारो स्थितिमा परेको देखिने तिलकराज शर्मा राजपाको टिकट सम्बन्धी डीलमा किन सहभागी भए ? उनको भूमिका किन आवश्यक भयो ? कसले भनेर उनले यो काम गरे ? कसलाई पैसा बुझाइयो ? अरू एक जना साक्षी को हुन् ? ज्योति झाको सम्बन्धी जसले पैसा दिएको हो ती को हुन् ? यी सबै प्रश्नहरुको उत्तर आउनु नै पर्दछ ।

३. यदि यो साइबर क्राइमको केस हो भने यसको जाँच पहिले प्रहरी मार्फत किन नगराउने ? तथ्यहरू सार्वजनिक किन न गर्ने/गराउने ? राजनीतिक दलहरूमा हुने भ्रष्टाचारको जाँच नेपालको कानून अन्तर्गत कुन निकायले गर्ने हो ? कि यस्तो कुनै व्यवस्था नै छैन ? यस्ता भ्रष्टाचार सबै पार्टीहरुमा हुने गर्छ भन्दै सबै पार्टी मिलेर यसलाई यस्तै राख्ने हो वा कुनै व्यवस्था गर्ने ह ? । यदि यस्तै हुने हो भने नेपालको राजनीतिमा अरू फोहोर थुप्रिंदै जानेबाट कसैले रोक्न सक्दैन ।

४. यस काण्डले संघीय संसदको गरिमामा ठेस पुर्याउँछ, पुर्याउँदैन ? यदि हो भने संघीय संसद यस बारे के भन्छ ?

बिहीवार सार्वजनिक भएको अडियो टेपमा शेखर सिंहले राष्ट्रिय सभा सदस्य टिकटका लागि सप्तरीका पुर्व सिडीओ एवं तात्कालिन रक्षा सचिव तिलकराज शर्मा मार्फत पार्टीलाई अढाई करोड रुपैया बुझाएको छ ।

सिंहले उधारोमा लिएको सो रकम शर्माले मांग गर्दा फोनै नउठाउने विभिन्न बहाना बनाई आलटाल गर्दै आएको छ । सो अडियोमा शेखर सिंहसँग वार्तालाप नभई उनका नजिकका ज्योति झा र सुरजीत सिंह र लगानीकर्ता शर्माबीच कुराकानी भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु
Blast News

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव