जनकपुरधाम, राष्ट्रिय सभा सदस्यका लागि शेखर सिंहले पार्टीलाई अढाई करोड रुपैया घुस दिएको बिहीवार विभिन्न संचार माध्यममा सार्वजनिक भएको अडियोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र हल्लीखल्ली मचाएको छ ।
घुस प्रकरणमा राजपाका शिर्ष नेता महन्थ ठाकुर अचम्भित र मौन छन भने महेन्द्र राय यादव संसदीय दलमा साथीहरुसंग यो गम्भीर प्रकरण हो र यसको छानबीन गरिनु आवश्यक छ भनिरहेको भन्न थालेका छन ।
पार्टीका सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लालले छानबीनको मांग गरेको कुरा विभिन्न संचार माध्यम र उनको फेसबूक वालमा देखिएको छ । श्रोतका अनुसार अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव आफ्नो बचाउ गर्न ज्यादै छटपट र सम्बन्धितहरूसंग कुराकानीमा व्यस्त रहेको छ ।
समाचार प्रकाशमा आए लगतै संयोजक शरत सिंह र उनका समर्थकहरू बेचैन भएको सामाजिक संजालमा भाइरल भइरहेको छ । कसैले मानहानिको मुद्दा गर्ने भन्छन् भने कोही मिडिया विरुद्ध साइबर क्राइममा जाने भनिरहेका छन् । उता संयोजक सिंह भने पार्टीको अध्यक्ष मण्डलको बैठक गरेर घटनाको भत्र्सना प्रस्ताव मार्फत समेट्ने प्रयत्नमा जुटेका छन ।
घुस प्रकरण बाहिरिएको टेप काण्डले राजपालाई दुई समूहमा विभाजन मात्रै गरेको छैन कि यी नेताहरुले मधेश आन्दोलनलाई समेत बेइज्जत गरेको आम मधेशी जनताको भनाई छ ।
नाम नखुलाउने शर्तमा राजपाका एक शिर्ष नेताले भने घुस प्रकारणमा सबभन्दा दोषी अध्यक्ष मण्डल नै हुन । यिनमा कुनै जिम्मेवारी र नैतिकता छैन उनीहरुको रवैयाले कार्यकर्तालाई लज्जित तुल्याएको छ । उनले भने केही हुँदैन । पैसा लिएका थिए, चार जनाले बांडेर खाए । पार्टीमा केही दिन यस्तै उस्तै हल्लाखल्ला हुन्छ । तैं चुप मैं चुप हुन्छ । पछि घटना सेलाउँछ ।
घुस प्रकारणले उब्जाएको प्रश्न :
१. यो टेप कसले बाहिर ल्यायो ? किन ल्यायो ? तत्काल उठ्ने प्रश्न यही हो । खासमा तीन जना बीच कुराकानी भएको छ । फोनमा मूलतः कुराकानी गर्ने ज्योति झा र सुरजीत भन्ने गुड्डू सिंह हुन् ।
सबभन्दा पहिले ती दुई मध्ये एकले नै अडियो रेकर्ड गरेको र बाहिर ल्याएको हुनु पर्छ । यस अडियोका प्रमुख पात्र पूर्व रक्षा सचिव र सप्तरीमा सीडियो रही सकेका तिलकराज शर्मा हुन् । ज्योति र गुड्डूबाट सामाजिक संजालमा माफी मंगाउनुले समस्याको समाधान हुँदैन । टेपको विश्वसनीयता शेखर सिंह र शरद सिंहसंग तिलकराज शर्माको निकटताले दिन्छ ।
२. अडियोमा पछि अलि अप्ठ्यारो स्थितिमा परेको देखिने तिलकराज शर्मा राजपाको टिकट सम्बन्धी डीलमा किन सहभागी भए ? उनको भूमिका किन आवश्यक भयो ? कसले भनेर उनले यो काम गरे ? कसलाई पैसा बुझाइयो ? अरू एक जना साक्षी को हुन् ? ज्योति झाको सम्बन्धी जसले पैसा दिएको हो ती को हुन् ? यी सबै प्रश्नहरुको उत्तर आउनु नै पर्दछ ।
३. यदि यो साइबर क्राइमको केस हो भने यसको जाँच पहिले प्रहरी मार्फत किन नगराउने ? तथ्यहरू सार्वजनिक किन न गर्ने/गराउने ? राजनीतिक दलहरूमा हुने भ्रष्टाचारको जाँच नेपालको कानून अन्तर्गत कुन निकायले गर्ने हो ? कि यस्तो कुनै व्यवस्था नै छैन ? यस्ता भ्रष्टाचार सबै पार्टीहरुमा हुने गर्छ भन्दै सबै पार्टी मिलेर यसलाई यस्तै राख्ने हो वा कुनै व्यवस्था गर्ने ह ? । यदि यस्तै हुने हो भने नेपालको राजनीतिमा अरू फोहोर थुप्रिंदै जानेबाट कसैले रोक्न सक्दैन ।
४. यस काण्डले संघीय संसदको गरिमामा ठेस पुर्याउँछ, पुर्याउँदैन ? यदि हो भने संघीय संसद यस बारे के भन्छ ?
बिहीवार सार्वजनिक भएको अडियो टेपमा शेखर सिंहले राष्ट्रिय सभा सदस्य टिकटका लागि सप्तरीका पुर्व सिडीओ एवं तात्कालिन रक्षा सचिव तिलकराज शर्मा मार्फत पार्टीलाई अढाई करोड रुपैया बुझाएको छ ।
सिंहले उधारोमा लिएको सो रकम शर्माले मांग गर्दा फोनै नउठाउने विभिन्न बहाना बनाई आलटाल गर्दै आएको छ । सो अडियोमा शेखर सिंहसँग वार्तालाप नभई उनका नजिकका ज्योति झा र सुरजीत सिंह र लगानीकर्ता शर्माबीच कुराकानी भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !