जनकपुरधाम, भ्रष्टाचार र अनियममिताको आरोप खेप्दै आएको प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले बजेट दुरुपयोग गरी भ्रष्टाचारको नमूना प्रस्तुत गरेको छ ।
यति विश्व कोरोना भाईरस महामारीको त्रासबाट गुज्रिरहेको समयमा सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसबाछ बच्न सचेतना सम्बन्धी सूचना प्रचार प्रसार गराउनुको सट्टा सांगितिक मनोरञ्जनका लागि बजेट दुरुपयोग गरिरहेका रहस्य बाहिरिएको छ ।
जनकपुरधामबाट संचालित रेडियो जनकपुरबाट प्रसारण हुने भोजपुरिया रस्मको कार्यक्रमको प्रयोजक सामाजिक विकास मन्त्री नवलकिशोर साह आफै रहेका छन । सामाजिक विकास मन्त्रालय अन्तर्गत क्षेत्र सँग सम्बन्धित रेडियोमा कार्यक्रम संचालन नगराई भोजपुरी गीत सहितको सांगितिक कार्यक्रममा रकम खर्च गरी अनाधिकृत रुपमा बजेट दुरुपयोग गरेको देखिएको हो ।
कोरोनाका लागि प्रदेशमा मास्क, हात धुने व्यवस्था, सीमा नाकाको हेल्प डेस्कमा थर्मल स्कायनर व्यवस्था गर्नुको सट्टा मन्त्री साहले गीत संगीत कार्यक्रममा आफ्ना मन्त्रालयको बजेट अनाधिकृत रुपमा खर्च गरिरहेको घटनाले आम जनतालाई अचम्भित बनाएको छ ।
रेडियो जनकपुर ९७ मेगाहर्जबाट दैनिक दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण हुने भोजपुरी कार्यक्रम ’भोजपुरिया रसम’को प्रायोजकमा सामाजिक विकास मन्त्रालय र मन्त्री साहको नाम कार्यक्रम प्रस्तोताले सुरुमै उच्चारण गरेर कार्यक्रमको शुरुवात गरेको प्रष्टै सुन्न सकिन्छ ।
कार्यक्रम प्रस्तोता रानीले कार्यक्रमको शुरुवात गर्दै भनेकी छिन,’ हेल्लो फ्रेन्डस गुड आफ्टरनून नमस्ते नमस्कार रौवा लोगैन सुनरहल बानी रेडियो जनकपुर ९७ मेगाहर्ज । और सामाजिक विकास मन्त्रालय माननीय मन्त्री नवल किशोरद्वारा प्रायोजित कार्यक्रम भोजपुरिया रसम लेके उपस्थित बानी हम रानी ।’ भन्दै कार्यक्रमको शुरुवात गरेकी हुन् ।
यस सम्बन्धमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले आफुलाई यस बिषयमा केहि जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । तर मन्त्री साहको निजी सचिव राजकुमार साहले रेडियो जनकपुरमा कोरोनाका लागि सचेतनामूलक सूचना प्रसारण गर्न मात्र भनिएको छ कार्यक्रम संचालन भइरहेको बारे आफूलाई केही जानकारी छैन भने ।
प्रदेश सरकार कार्य्विभाजन नियमावली २०७४ अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका,ज्येष्ठ नागरिक, अपाङ्ग,सामाजिक सुरक्षा, भाषा संस्कृति, पुरातत्व, युवा तथा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको हो ।
यस मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरिय कानून, नीति, मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालयलाई यिनै विषयहरुमा केन्द्रित हुनुपर्ने देखिन्छ । तर यी सबै नीति, नियम र कानूनहरुको धज्जिया उडाउंदै मन्त्रीसाहले बजेट दुरुपयोग गरिरहेको प्रष्ट देखिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !