कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि घरबाट न निस्कन विभिन्न देशले घोषणा गरिसकेको छ । तर घरमै बसेर सबै काम गर्न भ्यादैन । त्यसैले घर बाहिर निस्कुन नै परे विज्ञहरुका अनुसार यी उपायहरु अपनाउन सकिन्छ ।
घरबाहिर निस्किँदा के गर्ने ?
– घरबाहिर निस्किँदा सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने
– सर्जिकल मास्क नभए रुमालले मुख छोप्ने वा कपडाको मास्क प्रयोग गर्ने
– कसैसँग हात नमिलाउने
– हात मिलाउनुको सट्टा नमस्कार गर्ने
– कुनै सामान चलाउनु परे वा केही खानु परे स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचेर हात धुने
– कसैसँग अङ्कमाल नगर्ने
– भिडभाडमा नजाने
– अन्य व्यक्तिभन्दा कम्तीमा एक मिटर टाढा बस्ने
– ह्याण्ड हाइजिन र कफ हाइजिनमा ध्यान दिने
– सुख्खा खोकी, धेरै ज्वरो र श्वास फेर्न गाह्रो भए स्वास्थ्य जाँच गराउने
– कोरोनाको बिरामी भेट्न जाँदा एन–९५ मास्क लगाउने
प्रतिरोधात्मक क्षमता राम्रो छ भने कोरोना भाइरसले सङ्क्रमण गरे पनि निको हुन्छ । निको हुन्छ भन्ने आशमा नबसेर बाटोमा हिँड्दा र सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ ।
कपडाको मास्कले भने भाइरस रोक्न सक्दैन । तर केही मात्रामा भए पनि यसले धुलो रोक्ने काम अवश्य गर्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !