काठमाडौ, कोरोना सम्भावित संक्रमणबाट बच्न काठमाडौबाट स्थानीयको बाहिरिने क्रम तिव्रगतिमा शुरु भएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणको दृष्टिगत गर्दै सरकारले स्कुल र कलेज बन्द गरसंगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । गत तीन दिनदेखि काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको लर्को नै लागेको छ ।
कोरोना भाइरसको त्रासका कारण आ आफ्नो फर्किने लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर झन त्रसित भएको छन ।
बिहीबार मात्रै नयाँ बसपार्कबाट ९ हजारले टिकट काटिएको थियो भने शुक्रबार यात्रुको संख्या अझ बढी देखिएको बसपार्क व्यवस्थापनको जिम्मा लिएका ल्होत्से बहुद्देश्यीय प्रा.लि.को भनाई छ ।
विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा व्यवसायीले भीड बढेको मौका छोपेर यात्रुलाई ठग्न सुरु गरेको आरोप लगाएका छन । उनका अनुसार एक हजारको टिकट दुई हजारदेखि ३ हजार रुपैयासम्म विक्री गरिरहेको छ ।
यातायात व्यवसायीहरु टिकटमा कुनै कालोबजारी नभएको दाबी गर्दै धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । मोफसलका ग्यारेजमा बस थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज उनीहरुको भनाई छ ।
यात्रु चाप बढेपछि काठमाडौंमा चल्ने बस पनि रिजर्भ गरेर यात्रु ओसार्न सुरु गरेका छन् । सरकारले वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेको छ । यसरी रिजर्भमा जाने बसहरुले पनि यात्रुलाई अप्ठेरोमा पारेर चर्को भाडा असुलिरहेका छन् ।
सरकारले सिटभन्दा बढी यात्रु नओसार्ने निर्देशन गरेपछि यात्रुको चाप बढी भएपछि मुडामा बसालेर र उभाएर पनि यात्रु ओसर्ने काम गरिरहेका छन जसले गर्दा संक्रमण फैलने जोखिम पनि उच्च भएको छ ।
काठमाडौमा केही संक्रमित देखिएको छ, त्यहाँबाट बाहिरिने क्रम शुरु भएपछि संक्रमित अरु ठाउँमा रोग सार्न सक्ने सम्भावना बढेको छ । यसले गर्दा पुर्व तयारी अपुग रहेका तराई मधेशका जिल्लाहरु झन जोखिममा पर्ने सम्भावना बढेको छ । बिनै कुनै चेकजाँचको यात्रुलाई आवात जावत गर्न दिंदा काठमाडौ बाहेकका अन्य ठाउँ सम्भावित जोखिममा परेको देखिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !