जनकपुरधाम, कोरोना भाइरसबाट बच्न क्लोथ बैंक धनुषाले जनकपुरधामको बस स्टैण्डमा मास्क वितरण गरेको छ ।
बस स्टैण्डमा यात्रु तथा व्यवसायी सहित ४ सय जनालाई क्लोथ बैंकले सो मास्क वितरण गरेका हुन ।
कोरोना भाइरसबाट बच्न मास्क प्रारम्भिक औषधिको रुपमा रहेकोले प्रकोप बढन नसकोस भन्ने उद्देश्यले क्लोथ बैंकले बसमा भीडभाड हुने भएकोले नियन्त्रण स्वरुप मास्क वितरण गरिएको कुरा क्लोथ बैंकका राजीव झाले जानकारी दिएका छन ।
भौतिक योजना राज्य मन्त्री मा डिम्पल झा, जनकपुर अञ्चल बस व्यावसायी संधका अध्यक्ष मनोज चौधरी र वरिष्ठ चिकित्सक डा. अजय मिश्रको उपस्थितिमा सो मास्क वितरण गरिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !