जनकपुधाम, कोरोना भाइरसको प्रकोपको दृष्टिगत गर्दै एसईई परिक्षा स्थगित हुन लगतै भोली पल्ट जनकपुरधाममा जारी कक्षा ८ को परिक्षा पनि स्थगित गरिएको छ ।
सरकारले कोरोना भाइरसको प्रकोप रोकथाम तथा तथा नियन्त्रणका लागि भन्दै एसईई लगायत सबै परिक्षा रोक्ने निर्णय गरेपछि जनकपुर उपमहानगरपालिकाले कक्षा ८ को परिक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको बताइएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार साँझ सूचना जारी गर्दै एसईई लगायत हाल सञ्चालनमा रहेको सबै परीक्षा स्थगित भएको जनाएको थियो । यस्तै राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना जारी गर्दै एसइइ परीक्षा स्थगित भएको जानकारी गराइसकेको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !