जनकपुरधाम, चैत ६ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोरोना भाइरसको दृष्टिगत गर्दै सरकारले स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको संचारकर्मीलाई जानकारी दिएका छन ।
कहिले संचालन हुने बारे मन्त्री पोखरेलले कुनै जानकारी दिएको छैन । यसवर्षको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने थिए ।
यसका साथै सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान पनि गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला न हुन सम्पुर्ण नेपाली जन समुदायमा अनुरोध समेत गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !