जनकपुरधाम, सयौं सहादतका बावजूद पनि प्रदेश २ ले मधेश प्रदेश नाम पाउन सकेन ।
प्रदेश सरकार गठन भएको दुई वर्षपछि नामाकरणका लागि मंगलवार भएको मतदानमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव गरेको मधेश प्रदेश नाममा दुई तिहाई मत ल्यान सकेको छैन ।
मधेश प्रदेश नाम प्रस्तावको पक्षमा मात्र ६० वटा मत परेको छ भने विपक्षमा ४७ वटा मत परेको हो । यसअघि प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत ल्याएको छ भने असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत ल्याएको छ ।
निर्वाचन प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत ल्याथ्यो त्यही सदर हुने थियो । तर चारवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएको छ । कुनैपनि प्रस्तावमा दुई तिहाई मत नआएपछि पुनः प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्य मतदान सहितका अर्को चरणको प्रक्रियामा जानेछ ।
निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु हुँदै मधेश प्रदेशको नाम चार चरणमा मतदान भएको सम्पन्न भएको छ । अब स्थायी राजधानीको लागि निर्वाचन हुनेछ । यो समाचार लेख्दासम्म राजधानीका लागि निर्वाचन हुन सकेको थिएन ।
प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान कार्य करीब अढाई बजेदेखि शुरु भएको हो । सभामुखपछि उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरिरहेका थिए ।
प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !