जनकपुरधाम, प्रदेश २ को धनुषामा अवैध मदिरा सेवनले दर्जनौको मृत्यु हुँदापनि प्रदेश सरकार कुनै चासो नलिएछि लोकपुकारले “मदिरा सेवन मृत्यु प्रकारण प्रदेश सरकार मौन” भन्ने शिर्षकको समाचार प्रकाशन गरेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
समाचार प्रकाशनको भोली पल्टै सोमवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव समेतले घटनास्थल रमदैयामा पिडीत परिवारहरुलाई सान्तवाँ दिदैं ३÷३ लाख रुपैयाको दरले राहत दिने घोषणा गरेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया, लक्ष्मिनिया गाउँपालिकाको बेगवा र जनकपुरधाम उपमहानगरपालिकामा गरी हालसम्म २० जनाको मृत्यु भइसकेको छ । तर प्रहरी रेकर्ड अनुसार ९ जना मात्रै छन ।
यही समाचारको प्रभाव हो :
स्थानिय तह र प्रहरी प्रशासनले वास्तवमै मदिरा सेवनवाट मृत्यु भएकाहरुको लागि तयार गरेको प्रतिवेदनको आधारमा प्रदेश सरकारले सो राहत सहयोग उपलब्ध गराउने प्रदेश सरकारका प्रवतmा समेत रहेका मन्त्री यादवले जानकारी दिएका छन । उनले रमदैयाको पिडा देखेर दुःखी भएका मुख्यमन्त्री राउत प्रदेश २ लाई मदिरा मुतm बनाउने अभियान समेत सञ्चालन गर्ने समेत बताए ।
मुख्यमन्त्री राउत प्रदेश प्रहरी प्रमुख, आन्तिरक मामिला तथा कानुन मन्त्री सहित सुरक्षा निकायका प्रमुखहरुलाई सोमवार नै बोलाएर छलफल गर्ने बताइएको छ । प्रहरीकै संलग्नतामा खुल्ला मदिराको उत्पादन र विक्रि वितरण कसरी भइरहेको छ भने बारेमा समेत छलफल हुने बुझिएको छ ।
यसअघि प्रदेशसभाको बैठकमा विपक्षीदलहरुले प्रहरीले पैसा खाएर खुल्ला मदिरा उत्पादन र विक्री वितरण भइरहेको आरोप लगाएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !