जलेश्वर, चैत १ गते ।
महोत्तरी जिल्ला स्थित जलेश्वरनाथ सव डिभिजन वन कार्यालय बखरीका रेञ्जर रामआशिष यादव विरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेञ्जर यादवले जिल्लाकै एकडारा गाउँपालिका २ को सिफारिस सहित घरायसी प्रयोगका लागि लोड गरिएको टयाक्टर नियन्त्रणमा लिई १५ हजार रुपैया घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यादव विरुद्ध घुस लिएको आरोप सहित परेको उजुरीको आधारमा छानबीन गर्दा आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा रेञ्जर यादवले पदीय जिम्मेवारी र दायित्व विपरित बार्गेनिंग गरी घुस लिएको पुष्टि भएको दाबी गरेका छन ।
आयोगले यादव विरुद्ध सप्रमाण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम बिगो रकम असुल सहित सजायको मांगदाबी गर्दै आरोप पत्र दायर गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !