Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रमदैयामा मदिरा सेवनले मर्नेको संख्या ९ पुग्यो

प्रहरी भन्छन समयमा खबरै आएन, दाहसंस्कार भइसकेकोले पुष्टि हुनै ग्राहो


न्यूज डेस्क | जनकपुरधाम, विषाक्त अवैध घरेलु मदिरा सेवनले धनुषा क्षिरेश्वनारथ नगरपालिका २ रमदैयामा मर्नेहरुको संख्या ९ पुगेको छ भने २ जना सिकिस्त रहेको छ ।

होलीको पुर्व सन्ध्यादेखि शुक्रवारसम्म रमदैयाको वडा नम्बर २ मा ५ र वडा नम्बर १ मा ४ गरी ९ जनाको मृत्यु भइसकेको र सिकिस्त दुई जना उपचारत अवस्थामा रहेको स्थानीयले जनाएको छ ।

होली पर्वका दिन मदिरा सेवन गरेका वडा नम्बर २ मा राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रम्हदेव यादवको मृत्यु भएको थियो । अशक्त भएका वडा नम्बर १ का इन्द्रजीत महराको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । सिकिस्त शत्रुध्न मण्डल र रामईश्वर महराको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्राप्त जानकारी अनुसार यसअघि गाउँकै अवैध मदिरा भट्टीमा मदिरा सेवनले होलीको पुर्व सन्ध्या सोमवार वडा नम्बर १ मुसहर वस्तीमा रामसती सादा, विजय सादा र झुरकु सादा सहित ३ जनाको मृत्यु भएको थियो । तर प्रहरी रेकर्डमा यिनीहरुको नाम रहेको छैन ।

घटना पश्चात प्रहरीले गाउँमा अवैध मदिरा भट्टी संचालक रामनन्दन साह र नाम नखुलेका एकजना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । स्थानीयका अनुसार सो गाउँमा साह लगायत शम्भु कलाल, तरपट्यिा भनिने महिलाको अवैध घरेलु मदिरा भट्टी संचालनमा रहेको छ ।

यता प्रहरीले अवैध घरेलु मदिरा सेवनले मात्र ५ जनाको मृत्यु भएको जानकारी दिएका छन । संचारकर्मीको जिज्ञासामा ९ जनाको मृत्यु भएको भन्ने कुरा धनुषा प्रहरीले घटना बारे अनुसन्धान भइरहेको भन्दै पन्छिने प्रयास गरेका छन ।

स्थानीयले प्रहरी समयमै सक्रिय नभएको कारण यति ठूलो संख्यामा क्षति हुन गएको आरोप लगाएका छन । उनीहरुले भने होलीको दुई दिन पहिले नै ३ जना सादा परिवारको मृत्यु भएको थियो तर प्रहरीले सक्रियता नदेखाएको क्रमबद्ध रुपमा मृत्यु हुनेहरुको संख्या बढदै गएको हो ।

यतिको संख्यामा मृत्यु भएपनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा रामनन्दन महरा मात्र एक जनाको शव आएको छ । अन्य मृतकको दाहसंस्कार पनि भइसकेको स्थानीयले बताएका छन ।

प्रहरी भन्छन समयमा खबरै आएन

घटना बारे महेन्द्र नगर इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पप्पु नायक भने प्रहरीलाई समयमा खबरै आएन । बिहीवार दुईजनाको मृत्यु भएपछि प्रहरीले खबर पाएपछि अनुसन्धान गर्दै जाँदा ५ जनाको मृत्यु भएको कुरा खुल्न आएको हो ।

प्रहरीले समयमै किन सक्रियता अपनाएन भन्ने जिज्ञासामा उनले भने एक त ढिलो गरी खबर आयो, अनुसन्धानका लागि शव पोष्टमार्टमका लागि ल्याउन सकिन्थ्यो तर मृतक परिवारहरुले कालगतिले निधन भएको भनी दाहसंस्कार गरिसकेका रहेछन । अब शव नभएपछि मदिरा सेवनले तिनीहरुको मृत्यु भएको हो भने पुष्टि हुनै ग्राहो भएको प्रहरीको भनाई छ ।

अवैध घरेलु मदिरा विक्री वितरण रोक्न प्रहरी सक्रिय भएपनि लुकिछिपी घर घरमा बाहिरबाट ल्याएर विक्री वितरण गरिरहेका छन । अब कसको घरमा विक्री भइरहेको कसरी थाहा लाग्ने, अब घटना भएपछि हामी चेकजाँचमा जुटेका छौं उनले भने ।

गाउँ नै शोकमग्न

गत एक हप्तादेखि अवैध घरेलु मदिरा सेवनले मृत्यु हुनेहरुको संख्या बढदै गएपछि पुरै गाउँ नै शोकमा डुबेको छ भने त्रासको वातावरण समेत उत्पन्न भएको छ । ती पसलबाट कति जनाले रक्सी खाएका छन तिनीहरुलाई पनि केही हुन सक्ने भनी त्रासको माहौल उत्पन्न भएको छ ।

मृतक ब्रह्मदेव यादव परिवारका लागि एक्लै सहारा थिए उनको मृत्युले उनका परिवार नै विच्चलीमा परेको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तान रहेका ब्रह्मदेवको मृत्युले उनको परिवार नै शोकमा परेका छन् । तिनको परिवारको गुजर बसर कसरी हुने हो भन्ने चिन्ता गाउँलेलाई सताएको छ ।

ब्रम्हदेव यादवको परिवार मात्रै होइन अन्य मृतक परिवारलाई पनि परिवारको सहारा गुमिएपछि जीवन गुजर बसर कसरी हुने चिन्ता सताएको छ ।

यसरी घटना भयो

मृतक ब्रम्हदेवकी श्रीमति धनलुट देवी घटना बारे जानकारी दिदै भनिन् ‘सधै जस्तै रामनन्दन साहको भट्टीबाट बुधवार राति रक्सी खाएर आएपछि उनी राम्रै थिए, तर भोली पल्ट विहान करिब ४ बजे उनी वान्ता गरे’ वान्ता भएपछि उनी पुनः सुते र विहान फेरी भट्टीमा पुगेका थिए । भट्टीमा पुग्दा मदिराको बोतल उठाउन खोज्दा ब्रह्मदेव बेहोस भए ।

उनी विहोस भएपछि उनका साथीले उनलाई घर पु¥याएपछि भूत प्रेत लागेको भन्दै धामीसँग झाडफुक गराउँदा केही नरहेको धामीले भने तर स्वास्थ्य अवस्थामा सुधार नभएपछि साँझमा अस्पतालमा उपचारका लागि लग्ने क्रममा नै मृत्यु भयो ।

त्यस्तै मृतक गुदरी मण्डलका छोरा सोमन महराले होलीमा बुवा मदिरा सेवर गरेर आए, मदिरा सेवनको दोस्रो दिन उनको टाउँको दुखेपछि औषधी खुवाएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि उपचारका लागि जानकी मेडिकल कलेजमा लगियो त्यही उपचारको क्रममा मृत्यु भयो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव