जनकपुरधाम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले जनकपुर जयनगर रेलवे संचालन हुन अझै कम्तिमा तीन/चार महिना लाग्ने बताएका छन ।
शुक्रबार जनकपुर–जयनगर रेल्वेको निरीक्षण गर्न जनकपुरधाम आएका मन्त्री नेम्वाङ्गले भौतिक पुर्वाधार तयार भएपनि कर्मचारी व्यवस्थापन, नयाँ रेल नियमावली लगायतका अन्य व्यवस्थापनमा समय लाग्न सक्ने भएको हुनाले अझै तीन÷चार महिना लाग्न सक्ने बताए ।
उनले भने जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक बर्षदेखि रेल संचालन गर्ने प्रयासमा सरकार रहेको छ । ‘रेलमार्ग तयार भइसकेको छ, इन्जन बोगी पनि बनेर राखिएको छ, तर दक्ष तथा कानूनी प्रक्रिया पुरा गर्न समय लाग्न सक्नेछ ।
आफ्नो देशमा दक्ष जनशक्ति नभएको कारण भारतबाट दक्ष कर्मचारी मगाएर पनि पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र त्यसपछि पुर्वतर्फको र निजगढसम्म रेल संचालनमा ल्याउने प्रतिबद्धता जनाए ।
रेल गुडाउन शुरुवाती चरणमै ५/७ जनाको प्राविधिक टोली आवश्यक हुन्छ, त्यो नेपालमा सम्भव नभएकोले भारतबाट ल्याइनेछ’, तिनीहरुले ‘यहाँ दक्ष प्राविधिक तयार गरिसकेपछि भारतीय टोली फर्किनेछ । अन्य कर्मचारी नेपालकै रहने तर त्यसको लागि अझै समय लाग्न सक्ने उनले भने ।
संचारकर्मीको जिज्ञासामा प्राविधिक सहितका जनशक्ति हामी प्रक्रिया अनुसार आफ्नै देशमा खोज्न विज्ञापन निकाल्यै तर एउटा पनि दरखास्त परेन, यहाँ सम्भव नभएपछि हामी भारतसँग सहकार्य गरिरहेका छौं छिट्टै त्यो परिपूर्ति हुनेछ ।
मन्त्री नेम्वाङ्गले जनकपुरधाम रेलवे प्लेटफार्म संगै खुजुरी र जयनगर पुगेर समेत निरिक्षण गरेको थियो । सो निरिक्षण टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र र रेलवे पुर्वाधार निर्माण कम्पनी इस्ट इण्डिया कम्पनीका प्रतिनिधि लगायतकाहरु व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !