जनकपुरधाम, धनुषाको धनौजी गाउँपालिका २ का सचिव (खरिदार) सुशिल ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।
वडा सचिव ठाकुर विरुद्ध जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग २० हजार रुपैया घुस लिएको आरोपमा पक्राउ गरिएको थियो । सोही आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अनुसन्धानको सिलसिलामा ठाकुरले सेवाग्राहीलाई नियमानुसार जन्म प्रमाणितको सिफारिस उपलब्ध नगराई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ्ग गरी घुस वापत २० हजार रुपैया घुस लिएको देखिएको दाबी गरिएको छ ।
निज विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम बिगो रकम असुल उपर गर्न सहित सजाय आरोपपत्रमा मांग गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !