लोक समाचारदाता
काठमाडौ, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत एक नायब सुब्बा सहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित रंगेहात पक्राउ गरेको छ ।
अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गराई दिने भन्दै नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई ५ हजार रुपैया घुसको रकम सहित अख्तियारले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखि अनुसन्धान कार्य जारी रहेको अख्तियारले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !