एजेन्सी, कोरोना भाइरसको दृष्टिगत गर्दै भारतले मार्च १३ शुक्रवारदेखि लागु हुने गरी विदेशी सहित आफ्नै देशका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका छन ।
कोरोना भाइरस प्रकोपले विश्वभरि नै महामारी रुप लिएपछि विदेशी आगमनमा भारतले यस्तो कठोर कदम उठाएको हो । भारतको यात्रा प्रतिबन्ध कोरोना भाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।
अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको भारतीय संचार माध्यमहरुले जनाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीको नेतृत्वमा शिर्ष मन्त्रीहरुको एक समूहको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो ।
यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउंसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन । प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भएपनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।
निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दुतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।
यसका साथै, आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन समेत दिएको छ । यो प्रतिबन्ध अप्रिल १५ सम्म लागु रहनेछ । भारतको नयाँ यात्रा निर्देशिका विश्व स्थास्थ्य संगठनले कोरोनाभाइरस प्रकोपलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि आएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !