लोक समाचारदाता
जनकपुरधाम, फागुन २६ गते ।
महावीर युवा कमिटी जनकपुरधामका पुर्व अध्यक्ष एवं होटल व्यवसायी धर्मेन्द्र साहले एक औषधि व्यवसायी एवं सञ्चार उद्यमीलाई दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की समेत दिएका छन ।
जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको कुटपिट घटनामा पक्राउ परेका व्यसायी साह रिहा भएको एक महिना नबित्दै औषधि व्यवसायी महासंघ जनकपुर अंचलका महासचिव प्रमोद अग्रवाललाई दुव्र्यवहार गरेको हो ।

जनकपुर टेलिभिजनका संचालक समेत रहेका महासचिव अग्रवालले लोकपुकार सँग घटना बारे जानकारी दिदै भने व्यवसायीहरुबीच सामान्य बैठक थियो, सोही बैठकमा साहले आफूलाई सोना बजार स्थित आफूले गुठीको प्रयोग गर्दै आएको जग्गा प्रसंगमा दुव्र्यवहार गर्दै हातपात गरयो ।
आफूले सो जग्गा कसरी खाली गर्ने त्यस वापत गुठीलाई भाडा तिर्दै आएको छु, खाली नै गराउनेछ भने त्यो गुठीको अधिकार भनेपछि साहले यहाँ गुठीको होइन हाम्रो कुरा चल्छ, जग्गा खाली नगरे ज्यान मार्ने धम्की समेत दिएको महासचिव अग्रवालले भने ।

श्रोतका अनुसार महासचिव अग्रवाल संगै साहको पनि जग्गा रहेको छ, सडक विस्तारको क्रममा साहको जग्गा गएपछि आफ्नो क्षतिपूर्ति अग्रवालको जग्गामै खोज्ने प्रयास गरेका छन । सोही विषयमा जनकपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्रीराम युवा कमिटीमा बैठक बसेको थियो ।
यसैबीच जनकपुर टेलिभिजनले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी साहलाई कारवाही गर्न सम्बन्धित निकायसँग मांग गरेको छ । पछिल्लो पटक समाचार संकलनको क्रममा पत्रकारहरुलाई कुटपिट र व्यक्तिगत जग्गा बलजफ्ती लिने प्रयासमा संचार उद्यमीमाथि गरिएको आक्रमण घटना निन्दनीय र संचार जगतमाथि हस्तक्षेप रहेको ठहर गर्दै दोषीलाई अविलम्ब कारवाही गर्न विज्ञप्तिमा मांग गरिएको हो ।
उनले घटना बारे भोली मंगलवार औषधि व्यवसायी संघमा छलफल हुनेछ, छलफलपछि साह विरुद्ध कारवाहीको कदम अघि बढाइने बताए ।
पत्रकार कुटपिट घटनामा कारवाही गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले व्यवसायीहरुको दबावमा धरौटीमा रिहा गरेको कारण मनोबल बढेको औषधि व्यवसायीहरुको आरोप रहेको छ ।
साहले गुठी अधिनस्थ शिव चौक स्थित पोखरी अतिक्रमण गरी आफ्ना रुफटप होटलको क्षेत्र विस्तार गरेपनि स्थानीय निकाय र सम्बन्धित गुठीले कारवाही गर्नुको सट्टा पैसा लिएर मनोबल बढाउंदै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !