
लोक समाचारदाता
काठमाडौं, फागुन २५ गते ।
कोरोना भाइरसबाट प्रताडित रहेका चीनमा संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ ।
चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

बीबीसीका अनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको थियो । फसेका अन्य व्यक्तिको उद्धार गर्ने क्रममा द्ध जनाको ज्यान गएको हो । फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको जनाएको छ ।
सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण भने खुलेको छैन । हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित भएको छ । आइतबार बिहानसम्ममा ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !