
लोक समाचारदाता
मलंगवा, फागुन २५ गते ।
सर्लाहीमा एक सशस्त्र प्रहरी जवानले ड्युटीमा खटिरहेकै बेला आफैँलाई गोली हानेका छन ।
सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी होनेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन ।

सो गोली प्रहारबाट प्रहरी जवान मिश्रा गम्भीर घाइते भएका छन । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !