लोक समाचारदाता
काठमाडौ, फागुन २४ गते ।
बलात्कार आरोपमा वडा अध्यक्षहरुलाई कैद सजाय सुनाइएको छ ।
अछाम जिल्ला अदालतले छुट्टाछुट्टै बलात्कारका आरोपमा २ जना वडाध्यक्ष विरुद्ध कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको हो ।

गएको साउनमा एक महिलालाई बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजाय अदालतले सुनाएको छ ।
नेपाली कांग्रेसका वडा सभापति समेत रहेका रावललाई दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने सजाय समेत सुनाइएको अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिएका छन ।
पीडित महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ ।
त्यस्तै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।
साथै कुँवरलाई पीडित बालिकालाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसल गरिएको छ । गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !