लोक समाचारदाता
जनकपुरधाम, फागुन २३ गते ।
महोत्तरीको गोइठी टिकुलिया स्थित श्री युवा प्राथमिक विद्यालयकी शिक्षिका पवन देवी विरुद्ध नक्कली स्थायी अध्यापन अनुमति पत्र आरोपमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका पवन देवीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पवन देवीले २०६७।०६।१३ देखि २०७६।०२।०६ सम्म प्राथमिक तहको नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी अस्थायी राहत महिला शिक्षिकाको रुपमा प्राथमिक तहमा अध्यापन गरी सरकारी सेवा सुविधा लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम ठगी तथा भ्रष्टाचार आरोपमा सजाय हुन मागदाबी गर्दै मुद्दा दायर गरेको कुरा प्रवक्ता प्रदीपकुमार कोइरालाले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !