लोक समाचारदाता
धनगढी, फागुन २२ गते ।
बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिमका एक प्रदेश सांसद पक्राउ परेका छन ।
नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत रहेका अक्कलबहादुर रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका सांसद रावलको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जनाएको छ ।
धनगढीकी एक महिलाले आफूमाथि गत माघ २१ गते सांसद रावलले बलात्कार प्रयास गरेको दाबी गर्दै फागुन १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए ।
रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !