लोक समाचारदाता
जनकपुरधाम, फागुन २१ गते ।
नेपाल टेलिकम जनकपुरका प्रमुखमाथि दुव्र्यवहार गर्ने कर्मचारीको कारबाहीको माग गर्दै कर्मचारीहरुले नै कामकाज ठप्प पारेका छन् ।
टेलिकम जनकपुर शाखाका प्रमुख चिन्मय आनन्दमाथि दुव्र्यवहार गर्ने कार्यरत छैठौँ तहका कर्मचारी दुखमोचन चौधरीलाई कारबाहीको मांग गर्दै कर्मचारीहरु कामकाज ठप्प पारेको हो ।
टेलिकमका कर्मचारीहरुका अनुसार चौधरीले बुधबार बिहान कार्यालय प्रमुख चिनमायानन्दको कार्यकक्षमा प्रवेश गरी अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेका थिए । यसअघि पनि कार्यालय प्रमुखलाई दुव्र्यवहार गरेका चौधरीलाई कारबाही हुनुपर्ने मागसहित आफूहरुले कामकाज ठप्प पारेको टेलिकमका कर्मचारीहरुको भनाई छ ।
केही दिनअघि कार्यालय प्रमुखलाई दुव्र्यवहार गरेको भन्दै चौधरीविरुद्ध कर्मचारीहरुले खेद प्रस्तावसमेत पारित गरिएको थियो ।
कार्यालय प्रमुख आनन्दले आफू कार्यकक्षमा बसिरहेको बेला भित्र प्रवेश गरेर चौधरीले अपशब्द प्रयोग गर्नुका साथै हातपातको प्रयास समेत गरेको दुखेसो पोख्दै पटक पटक अनुशासनहीन क्रियाकलाप गर्ने कर्मचारीलाई विभागले कारबाही गर्नुपर्ने र यसका लागि प्रक्रिया थालिएको जानकारी पनि दिए ।
श्रोतका अनुसार यसअघि कार्यालय प्रमुखलाई दुव्र्यवहार गरेका चौधरीलाई विभागले कारबाही नगरी उल्टै दश दिन काठमाडौंमा तालिमका लागि पठाएको थियो । तालिममा सहभागी हुन प्लेन चढेर काठमाडौं गएका चौधरीले कार्यालय प्रमुख आनन्दसँग कार्यालयबाट भाडा स्वीकृत गर्न भनेका थिए ।
तर, आफूलाई दुव्र्यवहार गरेको र कारबाही नगरेर तालिममा काठमाडौं बोलाइएका चौधरीको भाडा स्वीकृत गर्न नमानेपछि उनले कार्यालय प्रमुख आनन्दमाथि दुव्र्यवहार गरेको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !