लोक समाचारदाता
काठमाडौं, फागुन २० गते ।
हेटौडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टबाट ६ किलो सुन सहित एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्ज गइरहेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो सुनको मंगलबारको बजारमूल्य ४ करोड २७ लाख बराबर रहेको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !